विश्वप्रकाशको प्रस्टोक्ति-चुनाव झापाबाटै लड्ने हो, काठमाडौं ५ मा प्रचार गर्न पुग्छु – Nepal Press

विश्वप्रकाशको प्रस्टोक्ति-चुनाव झापाबाटै लड्ने हो, काठमाडौं ५ मा प्रचार गर्न पुग्छु

‘प्रेम उता घरजम यता कुरै हुन्न’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका छन् । आज ट्वीटरमार्फत् उनले काठमाडौं-५ मा निर्वाचनको प्रचारमा पुग्ने तर चुनावमा झापाबाटै लड्ने बताएका हुन् ।

‘फेरि प्रस्ट्याउँ- वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो !,’ उनले लेखेका छन्,‘काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्ने छुनै । तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।’ उनले ‘प्रेम उता घरजम यता कुरै हुन्न’ भनी लेखेका छन् ।

विश्वप्रकाशले काठमाडौं ५ बाट चुनाव लड्ने मनसायसहितको चर्चा केही दिनदेखि चलेको थियो । उक्त चर्चालाई उनले ट्वीटमार्फत खारेज गरेका छन् ।

यसअघि २०७० र ७४ मा झापा-१ बाट लडेका शर्मा दुवैपटक पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर