कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शेखर समूहको छुट्टै बधाई कार्यक्रम – Nepal Press

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शेखर समूहको छुट्टै बधाई कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ ।

यसअघि सोमबार र मंगलबार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा देशभरका जनप्रतिनिधिका लागि बधाई, शुभकामना तथा अभिमुखीकरण गरिएकोमा शेखर समूहले आज छुट्टै कार्यक्रम राखेको हो ।

बिहान ८ बजेदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बधाई, शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष(उपाध्यक्ष, प्रमुख(उपप्रमुख र जिसस प्रमुख(उपप्रमुख सहभागी छन् ।

कार्यक्रममा नेताहरूले स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही, पार्टीमा आफूहरूको दरिलो उपस्थिति साथै आसन्न मंसिर ४ को निर्वाचनको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर