फागुन १९ मा आँचल र विवेकको ‘बर एन्ड बधु’ – Nepal Press

फागुन १९ मा आँचल र विवेकको ‘बर एन्ड बधु’

काठमाडौं । मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल आए लगतै यसको निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो ।

निर्देशक चाम्सले दिएको जानकारी अनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो चलचित्र फागुनको १९ गतेबाट रिलिज हुनेछ । वितरकसँग सल्लाहा गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए ।

यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । चलचित्रमा जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली चलचित्रका निर्माताको आँखा फागुण महिनामा बढी देखिएको छ । मंसिरको निर्वाचन र त्यसलगतै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुण र चैत्रलाई टार्गेट गरिरहेका छन् ।

रोमान्टिक चलचित्रमा मिलन चाम्सले आफ्नो छुट्टै छाप छाडिसकेकाले पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षामा रहने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *