केन्द्रीय सदस्यमा नपरेपछि पार्वताले गरिन् कांग्रेस छाड्ने घोषणा – Nepal Press

केन्द्रीय सदस्यमा नपरेपछि पार्वताले गरिन् कांग्रेस छाड्ने घोषणा

रुपन्देही । नेपाली कांग्रेसले मङ्गलवार १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफू नपरेको भन्दै नेतृ पार्वती डिसी चौधरीले पार्टीसँगको साइनो तोड्ने चेतावनी दिएकी छन् ।

मङ्गलवार साँझ सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि लेख्दै उनले छिट्टै कांग्रेससँगको साइनो तोड्ने जनाएकी छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले लेखेकी छन्, ‘आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनीत हुँदा पार्वता डिसी चौधरी अट्न सकिन, त्यसको लागि धन्यवाद छ । छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु ।’

दाङबाट राजनीति गरेकी उनी देउवा समूहमै रहे पनि पछिल्लो समय इतर समूहसँग पनि नजिकमा रहेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर