निहारिका प्रकरण : बलात्कार आरोपी शिवराज पक्राउ – Nepal Press

निहारिका प्रकरण : बलात्कार आरोपी शिवराज पक्राउ

काठमाडौं । प्रहरीले निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनलाई धनुषाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।

उनी बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् ।

वसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् ।

राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया

One thought on “निहारिका प्रकरण : बलात्कार आरोपी शिवराज पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर