प्रचण्डलाई भेटेर मेयर हर्क साम्पाङले दिए श्रमदानको निम्तो – Nepal Press

प्रचण्डलाई भेटेर मेयर हर्क साम्पाङले दिए श्रमदानको निम्तो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई श्रमदानको निम्तो दिएका छन् ।

प्रचण्ड निवास खुमलटार पुगेर सामपाङले श्रमदानको निम्तो दिएको बताएका छन् ।

अहिले काठमाडौंमा रहेको मेयर सामपाङले मङ्गलवार अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो । मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ । उहाँले हुन्छ भन्नुभयो । हेरौँ कहिले आउनुहुन्छ ।’

मेयर सामपाङले आजै अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर