व्यापार घाटा बढ्दाे : सवा १९ खर्बको आयात, २ खर्ब मात्रै निर्यात – Nepal Press

व्यापार घाटा बढ्दाे : सवा १९ खर्बको आयात, २ खर्ब मात्रै निर्यात

काठमाडौं । नेपालको व्यापार घाटा निरन्तर वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा २४.७ प्रतिशतले आयात वृद्धि भई १९२० अर्ब ४५ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । नेपालले धेरै वस्तुमा आयात प्रतिबन्ध लगाउँदा पनि नेपालको व्यापार घाटा वृद्धि भएको हो । नेपालले केही बस्तु आयात प्रतिबन्ध समेत लगाएको छ । नेपालमा अहिले गाडी, मोबाइल फोनलगायत र विलासीताका वस्तु नेपालमा आयात प्रतिबन्ध रहेको छ ।

विदेशबाट नेपालमा पेट्रोलियम पदार्थ, औषधि, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ ।

नेपालको वस्तु निर्यात पनि वृद्धि भएको छ । बस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई २ खर्ब ३ करोड पुगेको छ ।

नेपालबाट पाम तेल, धागो लगायतका वस्तु निर्यात हुने गरको छ ।

त्यस्तै, मूल्यवृद्धि असारमा ८.०८ प्रतिशत पुगेको छ । मंगलबार राष्ट्र बैंकले गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै मूल्यवृद्धि असारमा ८.०८ प्रतिशत पुगेको जनाएको छ । सरकारले सात प्रतिशतमा मूल्यवृद्धि कायम गर्ने लक्ष्य लिएको थियो।भारतको तुलनामा पनि नेपालको मूल्यवृद्धि उच्च छ । ठिक एक वर्षअघि मूल्यवृद्धि ४.१९ प्रतिशत मात्र थियो ।

वित्तीय स्थिति:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर