आम निर्वाचनमा सहभागी हुन ८४ दल दर्ता (सूचीसहित) – Nepal Press

आम निर्वाचनमा सहभागी हुन ८४ दल दर्ता (सूचीसहित)

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको संख्या ८४ पुगेको आयोगले जनाएको हो ।

आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले भने, ‘केहि समय अघिसम्म दल दर्ता हुनेको संख्या ७६ थियो । केलाउदैँ जादाँ थप ८ दल पनि दर्ता भएकाे देखिएपछि जम्मा गरेर ८४ दल दर्ता भएका छन् ।’

निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दल मात्रै दर्ता भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर