‘प्रचण्ड-बाबुराम एक ठाउँमा उभिनुको ठूलो अर्थ छ, अब माधव नेपालसहितको संयोजन समिति बन्छ’ (भिडिओ) – Nepal Press

‘प्रचण्ड-बाबुराम एक ठाउँमा उभिनुको ठूलो अर्थ छ, अब माधव नेपालसहितको संयोजन समिति बन्छ’ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघि नै पार्टी एकता संयोजन समिति गठन हुन लागेको भन्दै त्यसमा माधव नेपालसमेत सहभागी हुने बताएका छन् ।

डा. बाबुराम भट्टराईसँग छलफलपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एसलगायत शक्तिहरुसमेत मिलाएर नेकपा समाजवादी वा त्यस्तै कुनै नामको पार्टी एकता हुने जानकारी दिए ।

प्रचण्डले भने, ‘बाबुराम र प्रचड सँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौं । कसैले रोकेर रोकिन्न । आजै पार्टी एकता भएको होइन । तर, चुनावपछि हुन्छ । हामी माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । पार्टी एकता चुनावपछि हुन्छ । नाम परिर्वन भएर नेकपा समाजवादी वा त्यस्तै केही रहन्छ ।’

अध्यक्ष प्रचण्डले चुनावअघि पार्टी एकता संयोजन समिति बन्ने र चुनावपछि बृहत वामपन्थी एकता हुने बताए । आफूहरु विभाजित हुँदा देश र जनताले हण्डर ठक्कर खाएको भन्दै प्रचण्डले अब त्यस्तो नहुने बताए ।

प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको नेसपा गठबन्धन बाहिर नरहेको भन्दै जसपाको आधिकारिक उपेन्द्र यादवले पाएकाले अब बाबुराम पक्षलाई सीट बाँडफाँटमा कसरी समेट्ने भन्नेबारे छलफल हुने बताए ।


प्रतिक्रिया

One thought on “‘प्रचण्ड-बाबुराम एक ठाउँमा उभिनुको ठूलो अर्थ छ, अब माधव नेपालसहितको संयोजन समिति बन्छ’ (भिडिओ)

  1. दक्षिणबाट सञ्चालितहरू एक ठाउँमा आए त के अचम्म? अलग अलग भए पनि काम सबैको दक्षिणको आदेश पालना हो। तर जनताले यस्ता रिमोटवालाहरूलाई हराऔं। चिनिसकेपछि पनि भोट दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर