सिद्धान्त र वित्तीय सुशासन कमजोर हुँदा सहकारीप्रति विश्वास र भरोसा घट्दो : मन्त्री श्रेष्ठ – Nepal Press

सिद्धान्त र वित्तीय सुशासन कमजोर हुँदा सहकारीप्रति विश्वास र भरोसा घट्दो : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरू आफ्ना सदस्यहरूप्रति जिम्मेवार बन्न नसकेको बताएकी छन् ।

बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूँजी निर्माण, वचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

‘पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई वचत तथा ऋण कारोबारमा बढी केन्द्रित हुँदै गइरहेको, केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वित्तीय सुशासनको कमजोर हुँदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको छ’, मन्त्री श्रेष्ठले भनिन् ।

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरूमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरको पूर्ण परिपालन, सहकारी मूल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर