बाबुरामले भने- हामी गठबन्धनकै अंग हौं, मापदण्डबाटै सीटको भागबण्डा पाउँछौं – Nepal Press

बाबुरामले भने- हामी गठबन्धनकै अंग हौं, मापदण्डबाटै सीटको भागबण्डा पाउँछौं

काठमाडौं । माओवादीको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन लागेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अभिन्न अंग भएकाले कसैले गठबन्धनमा लिने वा नलिने भन्ने प्रश्न नरहेको बताएका छन् ।

माओवादी केन्द्रीय कार्यालयमा प्रचण्ड लगायतका नेताहरूसँगको छलफलपछि भट्टराईले आफूहरू गठबन्धनमै रहेकाले सीट बाँडफाँटमा पनि गठबन्धनको मापदण्डभित्रै पर्ने दाबी गरे ।

‘हामी गठबन्धनकै अंग हो । हामी गठबन्धनभित्रै हो । यसमा कसैलाई भ्रम नपरोस् ‘, उनले भने ।

डा. भट्टराईले अहलेको अवस्थामा छुट्टाछुट्टै भएर भन्दा एकताबद्ध हुनु आवश्यक रहेकाले नयाँ आधारमा एकताबद्ध भएर जाने बताए । उनले तत्काल माओवादीसँग चुनावी तालमेल गरेर अघि बढ्ने भन्दै चुनावपछि वृहत राजनीतिक ध्रुवीकरणको लक्ष्य रहेको दाबी गरे ।

उनले भने, ‘अग्रगामी परिवर्तनका एजेण्डा बाँकी छन् । एक्लैएक्लै लड्नु भन्दा मिलेर एकताबद्ध भएर जानुपर्ने आवश्यकता अनुसार तालमेल गरिएको हो ।’


प्रतिक्रिया

One thought on “बाबुरामले भने- हामी गठबन्धनकै अंग हौं, मापदण्डबाटै सीटको भागबण्डा पाउँछौं

  1. फेरि पनि प्रचण्डको पुच्छर हुने? त्यत्रो सत्ता सराप गरेर फेरि उसैसँग? तर कति दिन?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर