ओलीको प्रश्न- योभन्दा दुरावस्था के हुन्छ ? – Nepal Press

ओलीको प्रश्न- योभन्दा दुरावस्था के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तो दुरावस्था कहिल्यै नभएको टिप्पणी गरेका छन् । उनले गठबन्धनको सरकार बनेदेखि सबैतिर भद्रगोल र अराजकता मात्र रहेको दाबी गरे ।

आज अखिल नेपाल महिला संघद्वारा आयोजित ‘राजनीतिमा युवा महिला’ विषयक कार्यक्रममा बोल्दै ओलीले आफ्नो सरकारले ९ लाख जनतालाई गरिबीको रेखाबाट माथि उठाएको बताए ।

ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा ९ लाख जनतालाई गरिबीको रेखाबाट माथि उठाएका थियौं । तर, अहिले चारैतिर दुरावस्था मात्रै छ ।’
उनले गठबन्धन सरकारको एक वर्षमा अर्थतन्त्र ओरालो लागेको र सर्वत्र भद्रगोल भएको बताए ।

‘यो गठबन्धनको एक वर्षको सरकारमा हामीले देख्यौं, भोग्यौं । अर्थतन्त्र ओरालो लाग्यो । राजनीति भद्रगोल भयो । संसद पंगु भएको छ । संसद संसदजस्तो छैन । सरकार सरकारजस्तो छैन । अदालत अदालत जस्तो छैन । प्रधानन्यायधीसमाथि ६ महिनाभन्दा बढी हुन लाग्यो महाअभियोग लागेको । न्यायालयमा न्यायाधीश हड्ताल गर्छन् । वकिलहरु कम्फु कराँते खेल्छन् । त्यो त हामीले देख्यौं । योभन्दा दुरावस्था, अराजकता र भद्रगोल के हुन्छ ?’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर