हँसिया हथौडाबाट चुनाव लड्न वामदेव र बाबुरामको पार्टीसहित माओवादीको निवेदन – Nepal Press

हँसिया हथौडाबाट चुनाव लड्न वामदेव र बाबुरामको पार्टीसहित माओवादीको निवेदन

काठमाडौं । आसन्न संघीय र प्रदेश निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने गरी नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी र नेकपा एकता अभियानले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आज बिहान पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

आयोगमा निवेदनका लागि माओवादी केन्द्रीय कार्यालयका शिव खकुरेल र नेसपाका मुख्य सचिव खगेन्द्र देवकोटालगायत पुगेका थिए ।

योसँगै मंसिर ४ को चुनावमा बाबुराम र वामदेवको पार्टीका उम्मेदवारले हँसिया हथौडा चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्न बाटो खुलेको छ ।

आजै वामदेव पनि प्रक्रियाबारे विषय बुझ्न आयोग पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर