२४ अंकले घट्यो बजार, २ अर्ब ७३ करोडको कारोबार – Nepal Press

२४ अंकले घट्यो बजार, २ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार २४.८३ अंकले घटेको छ । १.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४१.०६ अंकमा झरेको छ । हिजो ५५ अंकले बढेको बजार आज घटेको हो ।

२ अर्ब ७३ करोड ४८ लाख ५३ हजारभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २१ वटा कम्पनीका ६४ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज सबैभन्दा धेरै सेयर कारोबार रिडी पावर कम्पनीको भएको छ । सो कम्पनीको ४० करोड ८२ लाख ४७ हजार धेरैको सेयर कारोबार भएको हो ।

अपर हेवाखोला हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । आज सबैभन्दा धेरै सेयर मूल्य हेवाखोलको नै वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर