बञ्चरेडाँडामा फोहोर बोकेका गाडीमा अवरोध, प्रहरीद्वारा ५ राउण्ड हवाई फायर – Nepal Press

बञ्चरेडाँडामा फोहोर बोकेका गाडीमा अवरोध, प्रहरीद्वारा ५ राउण्ड हवाई फायर

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर गएको गाडीलाई अवरुद्ध गरेपछि बञ्चरेडाँँडामा तनाव भएको छ ।

स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिए ।

पछिल्लो समय फोहोर व्यवस्थापनमा बञ्चरेडाँडामा तनाव चलिरहेको छ । स्थानीयहरुले फोहोर फाल्न नदिने चेतावनी दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर