मेरो सीट माओवादी कोटा वा गठबन्धन कताबाट लिने हो, जिम्मा प्रचण्डको- वामदेव (भिडिओ) – Nepal Press

मेरो सीट माओवादी कोटा वा गठबन्धन कताबाट लिने हो, जिम्मा प्रचण्डको- वामदेव (भिडिओ)

‘प्रतिनिधिसभा र प्रदेशसभामा गरी कम्तीमा ३ सीट मागेका छौं’

काठमाडौं । नेकपा एकता अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् ।

माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए ।

गौतमले भने, ‘माओवादीकै कोटाबाट मलाई सीट दिने हो कि गठबन्धनमा कुरा गरेर अलग्गै सीट दिलाउने भन्ने जिम्मा प्रचण्डलाई दिएको छु । उहाँले जसरी हुन्छ मलाई दिने हो । मैले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको हुँ र माओवादीको गठबन्धनमा गएको हुँ ।’

गौतमले आफूले प्रतिनिधिसभातर्फ एक सीट र प्रदेशसभामा २ सीट कम्तिमा नेकपा एकता अभियानलाई दिनुपर्ने प्रस्ताव राखेको बताए ।


प्रतिक्रिया

3 thoughts on “मेरो सीट माओवादी कोटा वा गठबन्धन कताबाट लिने हो, जिम्मा प्रचण्डको- वामदेव (भिडिओ)

  1. महोदयको माग प्रत्तक्ष्य 1 स्वयम् र प्रदेश 2 घरवाली 1 र पुत्र महोदय 1 अरे ! प्रवेश नै गरे उपयुक्त होला। नेकपा फुटाउने एक नम्बरको हिरो भन्ने त प्रमाणित नै भयो। चुनावमा जहाँबाट उठेपछि धूलो चटाएर के सन्देश दिउँ भने जनता दलालीको विरूद्धमा छन्।

  2. प्रतिनिधि सभाको चुनाव अहिले हुन्छ भन्ने त पोहोरै थाहा थियो , प्रतिनिधिसभाकै सदस्य बनेर सरकार निर्माणमा खेलो फड्को गर्ने मन हुनेले नैतिकता भए एक डेड बर्ष पर्खिन सक्नु पर्थ्यो । फेरि राजनीतिक जीवन नै एमालेमा बिताएका यिनले कमसेकम एमालेसंग नभए पनि नेकपा एससंग मिलेर यसै गरी कलम चिन्हबाट चुनाव लड्न खोजेको भए पनि मानिन्थ्यो । यी त महास्वार्थी नै देखा परे । यिनलाई आफ्नो चुनाव चिन्ह दिएर लडाउंदा माओवादीलाई त उल्टै घाटा लाग्ने देखिन्छ ।जनताले आस्था सम्मान राख्ने नेतामा यिनी पर्दै पर्दैनन । बाबुराम प्रति भने एकखालको आस्था र सम्मान बिपक्षी दलका कार्यकर्ता समर्थकमा समेत अवश्य छ ।

    1. यो पहिले देखि नै नक्कली एमाले हो । पार्टी फुटायो। केहि नलागेर फेरि आयो। सायद सुध्रियो होला भनेर पार्टीले एक मौका दिएको, मान्छे रहेछ दक्षिणको एक नम्बरको गुलाम। त्यहि चिनेर ओलिले बाल मतलव नदिएको कहिं सहारा नपाएर प्रचण्डको पुच्छर हुन पुगेछ। अब पतन चाँडै हुन्छ। जहाँबाट उठे पनि धूलो चटाऔं ।

Leave a Reply to shojhoketo Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर