भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य – Nepal Press

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । तर, नेपाल आयाल निगमले यसअघि दुई पटकसम्म मूल्य घटेर आए पनि समायोजन गरेको छैन ।

निगमका अनुसार आज आएको नयाँ मूल्य सूचीअनुसार डिजल ४.८४ र पेट्रोल १.९४ रुपैयाँ मूल्य घटेर आएको छ ।

पहिलो पटक साउन १ गते डिजेल प्रतिलिटर १६.५६ र पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ घटेर आएको थियो । दोस्रो पटक साउन १६ गते पेट्रोल प्रतिलिटर १६.८० र डिजल प्रतिलिटर १२.४५ रुपैयाँ घटेर आएको थियो ।

निगमले घाटा भएको भन्दै मूल्य समायोजन गरेको छैन । पछिल्लो घटेको मूल्यले निगमलाई पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा हुनेछ । डिजलमा भने अझै प्रतिलिटर ५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *