‘प्रेमगीत ३’ को नेपाली टिजर ट्रेन्डिङमा, तीन दिनमै सत्र लाख माथि दर्शक – Nepal Press

‘प्रेमगीत ३’ को नेपाली टिजर ट्रेन्डिङमा, तीन दिनमै सत्र लाख माथि दर्शक

काठमाडौं । असोज ७ गतेबाट भारत र नेपालका सिनेमाघरहरुमा एकसाथ रिलिज हुने चलचित्र ‘प्रेमगीत ३’ को नेपाली टिजर ट्रेन्डिङमा परेको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको उक्त टिजर तीन दिनमै सत्र लाख माथिले हेरेका छन् ।

पहिलो इन्डो–नेपाली चलचित्र बनेको ‘प्रेमगीत ३’ हिन्दी भाषासहित भारतमा र नेपालमा एकसाथ रिलिज हुने खबर बाहिरिएपछि सो चलचित्रले भिन्न खालको हाइप बटुलेको हो । पहिलोपटक नेपाली चलचित्र हिन्दी डबसहित भारतमा लाग्ने भएकाले, हिन्दी डब भइरहेका भाइरल भिडियोहरुले र भारतका अधिकतम ठाउँहरुमा टाँसिएका पोष्टरहरुले गर्दा दर्शकहरुको मनमा चलचित्र कस्तो होला भन्ने कौतुहलता जागेको हो ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, ,माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजल बस्नेत, राज थापा, आदि कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा सन्तोष सेन आफैंले लेखेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *