दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने – Nepal Press

दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको छ ।

विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली कम्पनीले विदेशबाट प्राप्त गर्ने कमिसन, शुल्क र पारिश्रमिकको रकम रेमिट्यान्सका रुपमा दैनिक एक पटक वा पटक-पटक गरी १५ लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था गरेको हो ।

विप्रेषण कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा ग्राहकको परिचय खुल्ने कागजात लिएको हुनुपर्नेछ । यस्तो कारोबारको विवरण महिना सकिएको सात दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागमा पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर