स्याङजाको बडखोलामा टिभिएसको नयाँ शो रुम सञ्चालनमा – Nepal Press

स्याङजाको बडखोलामा टिभिएसको नयाँ शो रुम सञ्चालनमा

काठमाडौं । नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वा मोटर्सले स्याङजाको बडखोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाई छ । टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको उनले बताए ।

कार्यक्रम स्याङका जिल्लाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव बहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा न ३ र ४ का वडा अध्यष लगायतको अपस्थिती रहेको थियो ।

जगदम्बा मोटर्स प्रा लि टिभिएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ ।

आज, टिभिएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर