१० वर्षको अन्तरालपछि दोस्रो सन्तानको बाबु बन्दै दयाहाङ राई – Nepal Press

१० वर्षको अन्तरालपछि दोस्रो सन्तानको बाबु बन्दै दयाहाङ राई

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको बाबु बन्ने तयारीमा छन् । उनकी पत्नी बेनुका राई ८ महिनाको गर्भवती रहेको पारिवारिक स्रोतले बताएको छ ।

राई दम्पतीका यसअघि एक छोरा छन् । छोरा जन्मिएको १० वर्षपछि उनीहरुले दोस्रो सन्तानको चाह गरेका हुन् ।

दयाहाङ र बेनुकाको २०६५ साल फागुन २ गते विवाह भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रुपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।

बेनुका बिहेअघि गायन क्षेत्रमा सक्रिय थिइन् । बिहेपछि भने उनले घर सम्हाल्दै पतिको करिअरमा साथ दिँदै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर