प्रधानमन्त्रीसँगको परामर्शमै राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको एमालेको दाबी (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीसँगको परामर्शमै राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको एमालेको दाबी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि परामर्श गरे नागरिकता विधेयक फिर्ता पठाएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘राष्ट्रपतिले नागरिकता विधेयकमा फेरि छलफल गर्ने मौका दिनुभएको छ,’ उनले भने,‘यसलाई एमालेसँग जोडेर होइन, सिङ्गो मुलुकको भावना बुझेर कानूनविदसँग परामर्श गरेर र मैले सुनेअनुसार स्वयम् प्रधानमन्त्रीसँग पनि परामर्श गरेर संसदमा पठाउनुभएको छ ।’

समाजलाई विभाजित गरेर होइन, सबैलाई समेटेर अगाडि बढ्न उनले आग्रह गरे । ‘समिति २२ महिना छलफल भएको विधेयक अकस्मात फिर्ता लिएर ७ वर्षे प्रावधान हटाइयो । संसारमा कहिँ पनि यस्तो व्यवस्था छैन,’ भट्टराईको आग्रह थियो ।

नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको भन्दै उनले आपत्ति जनाए । नागरिकतासम्बन्धी अध्यादेश र विधेयक एउटै नभएकाले यस विषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुनेमा भट्टराईको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर