बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने, पेरिसडाँडाबाट स्वीकृति – Nepal Press

बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने, पेरिसडाँडाबाट स्वीकृति

काठमाडौं । नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताए ।


प्रतिक्रिया

One thought on “बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने, पेरिसडाँडाबाट स्वीकृति

  1. पार्टी मैं पसे भै गो नि। नाटक चाहिं किन गर्नु? एउटाकोमा 17000 को रगतको टाटा बाँकी नै छ अर्कोले पनि जनयुद्दलाई मलजल गरेकै हो। दुवै दक्षिणबाट सन्चालित हुन । भनेपछि उनीहरू जाने भनेकै माओवादीमा हो किनकी तिनैवटाको काम दक्षिणको आदेश मानेर देश कमजोर पार्ने हो।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर