बुटवलको होटलमा एक जोडी मृत अवस्थामा फेला – Nepal Press

बुटवलको होटलमा एक जोडी मृत अवस्थामा फेला

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं २ फूलबारीचोकमा रहेको कारिकोट होटलमा एक जोडी रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार धादिङ्गको कुमपुर- ५ ठेगाना भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर-ठेगाना स्पष्ट नखुलेकी पुष्पा नामले बोलाइले अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।

पुरुषको शव होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा र महिलाको शव बिस्तरामा रगताम्य अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार ती महिला डेढ महिनाअघि नेपालगन्ज घरबाट दाङ जान्छु भनेर हिँडेपछि हराएको हुनसक्ने अनुमान छ ।

इप्रका बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले भने, ‘युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् । युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप कुरा अनुसन्धानबाट खुल्नेछ ।’

उनीहरु आइतबार राति त्यस होटलमा बस्न आएको होटल व्यवसायीले जनाएका छन् ।

उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *