पेरिसडाँडाको ‘सीट एरेन्जमेन्ट’ मा परिवर्तन, शीर्ष पंक्तिमा राखिए वर्षमान – Nepal Press

पेरिसडाँडाको ‘सीट एरेन्जमेन्ट’ मा परिवर्तन, शीर्ष पंक्तिमा राखिए वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरुको ‘सीट एरेन्जमेन्ट’मा सामान्य हेरफेर भएको छ । मंगलबारको बैठकबाट वर्षमान पुनलाई शीर्ष नेताको लहरमा राखिएको छ ।

यसअघिका बैठकमा अध्यक्ष प्रचण्डसँगैको लहरमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र बयोवृद्ध नेता नन्दकुमार प्रसाईंमात्र मञ्चमा बस्ने गरेका थिए । मंगलबारको बैठकमा भने वर्षमान पुन पनि शीर्ष लहरमा बसेका थिए ।

माओवादी पार्टीमा महासचिवलगायतका पदाधिकारी चयन पेचिलो बनिरहेका बेला प्रभावशाली नेता पुनलाई शीर्ष लहरमा राखिनुलाई अर्थपूर्ण मानिएको छ । यद्यपि माओवादीका एक नेताले भने वर्षमान केन्द्रीय कार्यालयको इन्चार्जको जिम्मेवारीमा रहेकाले कार्यालय भूमिकाका कारण अग्रपंक्तिको लहरमा रहेको हुनसक्ने बताए ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीको बैठक बसिरहेको छ । तर, पुन भने केहीबेर बैठकमा बसेर बाहिरिएका थिए ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर