पेरिसडाँडामा नवलपरासीका पीडित किसानकाे धर्ना, भू-माफियामाथि कारबाही गर्न माग – Nepal Press

पेरिसडाँडामा नवलपरासीका पीडित किसानकाे धर्ना, भू-माफियामाथि कारबाही गर्न माग

काठमाडौं । नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नलवपरासीका पीडित किसानहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् ।

आफूले वर्षौदेखि  भाेगचलन गर्दै आएकाे जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी गरेर भूमाफियाले जग्गा हडपेको भन्दै नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-६ का  पीडित संघर्ष समितिले आज बिहान माओवादीको पार्टी कार्यालय अगाडि धर्ना दिएका हुन् ।

आज पेसिसडाँडामा माओवादीको स्थायी कमिटिको बैठक बसिरहेको छ । बैठकस्थलमा धर्ना दिन पुगेका उनीहरुको नाममा भएको जग्गा भारतबाट आएर अर्के व्यक्तिले नक्कली जग्गाधनी बनेर उनीहरुको जग्गा हडपेपछि उनीहरु घरबारबिहीन भएका हुन् ।

६५ जना पीडित छन् । उनीहरुले काठमाडौं आएर धर्ना दिएकोआज तीन दिन भयो ।

पीडित ब्यासमुनी चौधरीले आफनो जग्गा फिर्ता गराइदिन र भूमाफियालाई कारबाही गर्न अध्यक्षलाई ध्यानाकर्षण गराउन आएको बताए ।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले छानविन गरेर २३ जनालाई निलम्बन समेत गरिसकेको छ ।तर पक्राउ परेको छैन । उनले भने,हामी सबैसित कुरा गरेर आज पनि त्यही धर्ना दिने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर