निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल – Nepal Press

निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग आज छलफल गरेको छ ।

औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा.ज्ञवालीसँग छलफल गरेको हो । उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ वुँदे ध्यानकर्षण पत्र समेत बुझाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रहगरे । उद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रर्वद्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए ।

उनले भने,‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरुमा प्रवद्र्धन गर्न सकियो भने कहाली लाग्दो व्यापार घाटा कम गर्न सकिन्छ। यसका लागि सरकारसंग हातेमालो गर्न चेम्बर सदैब तयार छ, ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *