निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन – Nepal Press

निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आगमी मंसिर ४ हुने गते हुन गईरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदैछ ।

आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार दल दर्ता गराउने आज अन्तिम दिन रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसले आज निर्वाचनको लागि दल दर्ता गदैछ । कांग्रेसको दल दर्ताको जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । अन्य बाँकी पार्टीहरुले पनि आजै दर्ता गर्दैछन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको थियो ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर