हारबाट जोगियो लिभरपुल – Nepal Press

हारबाट जोगियो लिभरपुल

काठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १(० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।

यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे ।

खेलको ६१औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । लगातार दोस्रो बराबरसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ । यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २(२ को बराबरीमा रोकिएको थियो ।

यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर