एम्बुलेन्समा भेटियो ९० किलो गाँजा, चालक प्रहरी नियन्त्रणमा – Nepal Press

एम्बुलेन्समा भेटियो ९० किलो गाँजा, चालक प्रहरी नियन्त्रणमा

जनकपुरधाम । सिरहाको लहानबाट प्रहरीले लागुऔषध गाँजा तस्करी गरिरहेका एम्बुलेन्स र चालकलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा को। १ च। ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा ९० किलो गाँजा बरामद भएपछि उक्त एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमार मैनालीले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स पश्चिमबाट पश्चिमतर्फ जाँदै थियो ।

एम्बुलेन्स चालकको पहिचान र कुन सामाजिक संस्थाको एम्बुलेन्सको हो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । डिएसपी मैनालीले एम्बुलेन्स र चालकमाथि अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर