बर्दिया निकुन्जमा रातिमा दुईपाङ्ग्रे सवारी साधन रोक – Nepal Press

बर्दिया निकुन्जमा रातिमा दुईपाङ्ग्रे सवारी साधन रोक

रुपन्देही । जंगली जनाबरको आक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाइकल,स्कूटर,साइकलजस्ता दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुईपाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *