कसका लागि रूप न रंगको सत्ता गठबन्धन ? – Nepal Press

कसका लागि रूप न रंगको सत्ता गठबन्धन ?

यही २०७९ साल मंसिर ४ गते आम निर्वाचन हुँदैछ । चुनाव संघ र प्रदेशको एकैचोटि हुँदैछ । यो निर्वाचन नेपालको सातौं संविधान २०७२ लागू भएपछिको दोस्रो आम निर्वाचन हो । प्रकृतिअनुसार नेपालको सातौं संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हो । यस अर्थमा यो निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचन हो । संसदीय व्यवस्थामा प्रत्येक पाँच वर्षमा आम निर्वाचन हुन्छ । यो यसको सामान्य प्रक्रिया हो । संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेकै- आवधिक निर्वाचन, कानूनको शासन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हो ।

तर, हामीकहाँ पाँच वर्ष नपुग्दै यस सुन्दर पक्षमा असुन्दर पक्ष हावी छ । अप्राकृतिक गठबन्धन गरेर संसदमा दुईतिहाइको सरकार ढालियो । संसद छलेर अदालतको परमादेशमा गठबन्धनको सरकार बनाइयो । कानूनको प्राविधिक पक्षबाट यो सामान्य होला । तर, राजनीतिक संस्कार र संसदीय आदर्शका हिसाबले यो काम असामान्य हो । यस्तो सरकारले गराउने चुनाव कानूनी प्रविधिका हिसाबले सामान्य होला । तर, आदर्शका हिसाबले असामान्य हो ।

जे जसरी होस्, आवधिक चुनाव हुँदैछ । भर्खरै स्थानीय निर्वाचन सम्पन्न भयो । एक्लाएक्लै लडेर एमालेलाई हराउन सकिन्न भनेर सरकारमा रहेका पाँच दलले एमालेका विरुद्ध गठबन्धन गरे । एमाले र पाँच दलीय गठबन्धनबीच तीव्र प्रतिस्पर्धा भयो । कहाँको एक्लो एमाले, कहाँको सरकारमा बसेका कांगे्र्रस र कांग्रेसका वरिपरि घुम्ने पाँच दलको गठबन्धन । सरकारका विरुद्ध प्रतिपक्ष दलको गठबन्धन त समय-समयमा ठाउँ–ठाउँमा हुन्छ । तर, हामीकहाँ एक्लो एमालेका विरुद्ध सरकारमा बसेका पार्टीहरुले गठबन्धन गरे । विडम्बना सरकारी बलियो संगठन, सरकारी हैकम र चौतर्फी घेराबन्दीका बाबजुद पनि टाउके पदमा सानो संख्याले बहुमत प्राप्त गर्न नसके पनि एमालेले अन्य पदमा लोकप्रिय बहुमत प्राप्त गर्‍यो । यसले भन्छ- एमालेको पक्षमा जनमत यथावत छ । एमालेप्रति जनताको आस्था बरकरार छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचनमा जब एमाले र माओवादी मिलेर बनेको एकीकृत वाम शक्ति दुईतिहाइको बहुमतमा आयो तब देशीविदेशी प्रतिक्रियावादीहरुलाई पसिना आयो । त्यही पसिना पुछ्नलाई पाँच दलीय गठबन्धन बनाइयो ।

जहाँसम्म पाँच दलीय गठबन्धनको सवाल छ, यो गठबन्धन देशी-विदेशी परचक्रीहरुको ग्रायन्ड डिजाइनमा एउटा सशक्त राष्ट्रवादी शक्तिलाई परास्त गर्न गरिएको गठबन्धन हो । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचनमा जब एमाले र माओवादी मिलेर बनेको एकीकृत वाम शक्ति दुईतिहाइको बहुमतमा आयो तब देशीविदेशी प्रतिक्रियावादीहरुलाई पसिना आयो । त्यही पसिना पुछ्नलाई पाँच दलीय गठबन्धन बनाइयो । यसमा अदालतलाई प्रयोग गरियो र अदालतको अस्त्रसस्त्रबाट यसको सरकार ढालियो । यतिले पुगेन । र, एकताबाट बनेको विशाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई अदालतबाटै टुक्राउने कामसमेत गरियो ।

अदालतले भन्यो- तिमीहरु एमाले र माओवादी नेकपामा एकै ठाउँमा बस्न पाउँदैनौं, अलग-अलग बस । आदेशानुसार एमाले पूर्ववत एमाले भयो । माओवादी पूर्ववत माओवादी भयो । यति गर्दा पनि एमाले संसदको बहुमतको बलियो पार्टी बनिरह्यो । जसका कारण डिजाइनरका पसिना ओभाएनन् । फेरि उसले अर्काे डिजाइन गर्‍यो । एमालेलाई चोइटाउने धृष्टता भयो । यसै धृष्टताबाट बन्यो नेकपा एकीकृत समाजवादी । यो धृष्टता पनि खासै कामयाव भएन । पसिना सुक्न पाएनन् ।

यत्रो प्रहारका बीच पनि एमाले यतिविधि किन बलियो छ ? यसको कारण छ- यो पार्टी जनताको घरदैलोमा पुगेको छ । जनताको सुखदुःखको साथी छ । त्यसो भएर बलियो छ । यसको अन्तर्य समृद्ध नेपाल, सुखी नेपाली हो भने राष्ट्रवाद र देशभक्ति अदम्य निष्ठा हो । एमाले कम्युनिष्ट मूल प्रवाह हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ‘लिगेसी’ यसमा छ । केपी ओली जस्ता राष्ट्रवादी देशभक्तको नेतृत्व यसलाई प्राप्त छ ।

गठबन्धनको रुपरंग, छाँटकाँटलाई हेरौं, रङ्ग लाएर आउँछ । न रुप मिल्छ, न रंग मिल्छ, न छाँट मिल्छ, न काँट मिल्छ, न रुचि मिल्छ, न त निष्ठा मिल्छ । समष्टिमा न विचार मिल्छ न त सिद्धान्त मिल्छ । र पनि गठबन्धन छ ।

चानचुने उपायबाट एमालेलाई कमजोर बनाउन नसक्ने भएपछि फेरि संघीय चुनावमा पनि गठबन्धन गर्ने डिजाइन भयो । संघीय चुनावमा पनि पाँच दलीय गठबन्धन बनाउने निर्णय भइरहँदा नेकपा एस, जसपा र लोसपामा त दीपावली नै भयो । किनभने, त्यहाँ गठबन्धन नभई झिनो पनि जीतको आशा थिएन । कांग्रेसमा भने दुईमत देखियो । कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टी प्रजातन्त्रका लागि एक्लै शुद्ध भएर लड्नुपर्छ भन्ने एउटा मत थियो भने अर्काे मत थियो- एमाले बलियो छ, एक्लै लडेर त्यसलाई जित्न सकिँदैन । एमालेलाई एक्लै लडेर सजिलै जित्न सकिन्न भन्नेमा कांग्रेसका शेरबहादुर देउवा र रामचन्द्र पौडेल सशक्त रुपमा पेश थिए । अन्तमा यिनैको जीत भयो र गठबन्धन अगाडि बढिरहेछ । यस प्रसंगमा अदालतबाट केन्द्रमा गठबन्धनको सरकार बनिरहँदा प्रभावशाली माओवादी नेता प्रचण्डको यो सरकार छिमेकीको लागि ‘कन्फर्टेबल’ छ भन्ने भनाइ स्मरणीय छ ।

एकछिन गठबन्धनको रुपरंग, छाँटकाँटलाई हेरौं, रङ्ग लाएर आउँछ । न रुप मिल्छ, न रंग मिल्छ, न छाँट मिल्छ, न काँट मिल्छ, न रुचि मिल्छ, न त निष्ठा मिल्छ । समष्टिमा न विचार मिल्छ न त सिद्धान्त मिल्छ । र पनि गठबन्धन छ । एउटा कुरामात्र मिलेको छ, त्यो हो स्वार्थ । स्वार्थ मिलेपछि गठबन्धन हुँदोरहेछ, भयो । त्यो पनि बृहत कुनै मानवीय स्वार्थ होइन, मात्र व्यक्तिगत स्वार्थ हो । जसले गर्दा सम्पूर्ण विचार र सिद्धान्तलाई पोलेर गठबन्धन गरियो । व्यक्तिगत स्वार्थ जसको अन्तर्यमा भूँडी पर्छ त्यसका लागि राज्य सत्ताको पद र कुर्सी, राता कार्पेट, सैलुट, सेक्युरिटी गार्ड, कति महान रहेछन् जसका अगाडि सुकुम्बासीका लालपुर्जा, मजदुरका रोजीरोटी, उद्योगधन्धा, विकाससिकास सबै गौण हुँदारहेछन् । यसका अगाडि सन्त कृष्णप्रसाद भट्टराईको त्यो छाता, त्यो कन्तुर र त्यो सुराही, मनमोहन र मदन भण्डारीका सम्पूर्ण उत्सर्गहरु निरस्त हुँदा रहेछन् । यस्तो बेलामा त एमसीसी र एसपीपी पो सशस्त्र हुँदा रहेछन् ।

गठबन्धन सरकारका एकै वर्षका काम कारबाहीले संकेत गरेका छन्- यसबाट राम्रो हुँदै हुँदैन, नराम्रोमात्र हुन्छ । यस अवधिमा अचाक्ली महँगी बढ्यो, नियन्त्रण छैन । अर्थतन्त्र सम्पूर्ण रुपमा डाँवाडोल छ, विदेशी मुद्रा सञ्चिती घटेको छ । मुद्रा स्फीति बढेको छ ।

चुनाव अब नजिकै आएको छ । महिनाको हिसाबले तीन महिना छ । पार्टीहरु आफ्नो तयारीमा छन् । एमालेलगायतका एक्लाएक्लै लड्ने पार्टी आफ्नै लयमा छन् । कांग्रेसलगायत गठबन्धनका पार्टीहरु भागबन्डा मिलाउन कसरत गरिरहेका छन् । भागबन्डा भनेको कसले कति मात्रामा राष्ट्रलाई दोहन गर्ने भन्ने हो । यसको हिसाबकिताब गर्नुपर्दछ । त्यही गरिरहेका छन् । ख्याल होस्, गठबन्धनको प्रकृतिले स्पष्ट भनिरहेछ- राष्ट्र दोहनबाट निस्किने क्रिममा गठबन्धनका मुखिया जिम्बालको राम्रो हिस्सा त तोकिन्छ तोकिन्छ, यसमा विदेशी सरोकारवालाको हिस्सा पनि सुरक्षित गर्नुपर्छ, गरिन्छ । हिस्साहरु वस्तुगत पनि हुन सक्छन् । नगदानगदी पनि हुन्छन् । केही अधुरा पनि हुन सक्छन् । नीतिगत र विधिगत पनि हुन सक्छन् ।

जे होस्, यस्तो संगीन घडीमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो निर्वाचन हुँदैछ । एकातिर एक्लै एमाले र अर्काेतिर पाँच दलको गठबन्धन छ । एउटा एमालेका विरुद्ध सडकमा होइन, सत्तामा बसेका पाँच दलले गठबन्धन बनाउन परेपछि मान्नुपर्छ एमाले कमजोर छैन । जुन परिवेशमा जस्तो प्रतिस्पर्धासित निर्वाचन भइरहेछ, यस अवस्थामा एमालेका सारथीहरुको काँधमा विशेष जिम्मेवारी छ । त्यो जिम्मेवारी भनेको एमालेलाई जिताउने जिम्मेवारी हो । चानचुने मतले होइन, साधारण बहुमतले मात्र पनि होइन, एक्लै पनि शक्तिशाली कानून बनाउन सक्ने दुईतिहाइ मतले जिताउने जिम्मेवारी हो । यसो किन गर्नुपर्ने भयो भने पार्टीले मात्र होइन, राष्ट्रले पनि जित्नुपर्ने भयो । त्यसकारण पार्टी र राष्ट्रलाई जिताउन सारमा राष्ट्रलाई बचाउन एमालेको सानदार जीत आवश्यक छ ।

गठबन्धन सरकारका एकै वर्षका काम कारबाहीले संकेत गरेका छन्- यसबाट राम्रो हुँदै हुँदैन, नराम्रोमात्र हुन्छ । यस अवधिमा अचाक्ली महँगी बढ्यो, नियन्त्रण छैन । अर्थतन्त्र सम्पूर्ण रुपमा डाँवाडोल छ, विदेशी मुद्रा सञ्चिती घटेको छ । मुद्रा स्फीति बढेको छ । हाताहातै नागरिकता बेच्न सकिने कानून बनेको छ । राष्ट्रिय सहमति नबनाइकन एमसीसी पारित गरिएको छ । एसपीपीलाई जस्केलाबाट भित्र्याउने धृष्टता गरियो ।

जुन परिवेशमा जस्तो प्रतिस्पर्धासित निर्वाचन भइरहेछ यस अवस्थामा एमालेका सारथीहरुको काँधमा विशेष जिम्मेवारी छ । त्यो जिम्मेवारी भनेको एमालेलाई जिताउने जिम्मेवारी हो । चानचुने मतले होइन, साधारण बहुमतले मात्र पनि होइन, एक्लै पनि शक्तिशाली कानून बनाउन सक्ने दुईतिहाइ मतले जिताउने जिम्मेवारी हो ।

यी यस्ता कुराहरुले गर्दा मुलुक फिजीकरण हुँदै युक्रेन त बन्दैन भन्ने भय र त्रास जनमानसमा बढेको छ । परराष्ट्र नीति तरल भयो । असंलग्न परराष्ट्र नीतिमा कताकता विचलन देखापरिरहेको छ । बेरोजगार युवाहरुको विदेश पलायन रोक्ने कुनै योजना छैन । भ्रष्टाचारले सिंग हालेको छ, नियन्त्रणको लागि सामान्य नाटक पनि मञ्चन हुन सकेको छैन । कर्मचारीको मनोबल गिराइएको छ । जनप्रतिनिधि र जनताबीच खाडल बनेको छ । नराम्रोमात्रै भएको छ । अलिकति पनि राम्रो भएको छैन ।

गठबन्धनले गर्दा एक वर्षमा यति भयो भनेपछि यसले जितेमा देशमा बर्बाद हुनेबाहेक के हुनसक्छ ? त्यसकारण यो देशलाई बचाउन एमालेको जीत आवश्यक भएको छ । एमालेमा यस देशलाई बचाउने हैसियत अनि सामथ्र्य पनि छ । यसकारण यस पालिको निर्वाचनमा एमालेको जीत राष्ट्रको प्रयोजन नै हो ।

नेकपा एमाले विगतमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी अनि वर्तमानमा केपी ओलीले कुशलतापूर्वक नेतृत्व गरेको पार्टी हो । यी श्रद्धेय नेताहरुले तमाम कम्युनिष्ट समर्थक तथा वामपन्थी मतदाताहरुलाई यसमा मत हाल्ने ठाउँ बनाइदिएका छन् । यस्तै- देशभक्त, राष्ट्रवादी, स्वाभीमानी नागरिकहरुलाई नेपालको जातीय सम्मान, सुरक्षित भविष्य र विकासका लागि मत हाल्ने ठाउँ यसमा सुरक्षित छ । यिनै मतहरुबाट एमालेको जीत सुनिश्चित छ । जो जीत एमालेको मात्र नभएर राष्ट्रकै जीत हुनेछ ।

(लेखक रुपन्देहीका अग्रज पत्रकार हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *