समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न स्वास्थ्य मन्त्रालयको परिपत्र – Nepal Press

समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

मन्त्री भवानी खापुङले सोमबार मन्त्री स्तरीय निर्णय गर्दै दरबन्दी भन्दा धेरै रहेका कर्मचारीको स्रोत व्यवस्थापन गर्न मन्त्रालयमार्फत परिपत्र गरेका हुन् ।

सुरुमा समायोजन भई वा दोहोरो सहमतिको आधारमा कर्मचारी समायोजन मिलान मापदण्ड बमोजिम स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भई दरबन्दी भन्दा बढी हुन गएका कर्मचारीलाई कतिपय पालिकाले अहिले आएर फिर्ता पठाउने निर्णय गरेको भन्दै लिखित तथा मौखिक गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *