‘बाबरी’ मा अदिति पाउन दुई धिरजको टक्कर – Nepal Press

‘बाबरी’ मा अदिति पाउन दुई धिरजको टक्कर

काठमाडौं । असोज १४ मा रिलिज हुने सिनेमा ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा दुई युवक र एक युवतीबीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमाको ट्रेलरमा कमेडी, नोकझोक, प्रेम, रोमान्स र वियोगका क्षण महसुस गर्न सकिन्छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ ।

ट्रेलर पनि यी तीन कलाकारको वरिपरि घुम्छ । अदितिलाई पाउन दुई धिरजको टक्करले दर्शकमा कौतुहलता जगाउँछ ।

सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङलगायतका कलाकारहरूको पनि अभिनय छ ।

बाबरी फिल्म्सको ब्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन् । भने सुष्मा गुरुङले सह निर्माताको भूमिका निभाएकी छन् ।

सिनेमामा समावेश ‘बाबरी रंग’ र ‘चुलबुल’ गीत चार्टबस्टरमा हिट भइसकेकाले ‘बाबरी’ प्रतीक्षित बनेको छ ।

‘कृ’ डेब्यु अदिति र ‘इन्टु मिन्टू लण्डनमा’बाट डेब्यु गरेका धिरज मगरको दोस्रो सिनेमा भएका कारण यसले दर्शक हलसम्म तान्न सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर