प्रचण्डलाई निर्वाचन आयोगको पत्र- चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् – Nepal Press

प्रचण्डलाई निर्वाचन आयोगको पत्र- चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस्

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन आग्रह गरिएको हो ।

‘चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् भनेका हौँ,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ ।

पत्रको जवाफ आयोगले पाएको छैन । चुनावका खर्च गर्न पाउने सीमा तय भएकाले त्यस भन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने पनि प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया

One thought on “प्रचण्डलाई निर्वाचन आयोगको पत्र- चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस्

  1. हेलो कम्रेद मव्तरी जिउ परचन्द सेरबहादुर केपि जि मुख्य नेताता हाम्रो देश का 3 पार हुन तर एमसिसि कमफ तेबल सरकाले पास गरे देखी अमेरीका सेना नेपाल परबेस गरेका गरि छन हाम्रो देस नेपाल को राजनेतिक भुगोल अनि इनि नेता मन्तरी को मनबेबाहार चोरी राखेका छन तर हजुर हरु ले बुझनु भको छैन तपाइ हरुत परच्नद सेरे केपि बाबुराम भलु माकुने बानर मुसा बिहारी सबै इन्दिया निउजलायन अमेरिका गयर लुकि हालछन हामि भेदा जन्ता का जाने अचना दासेर मन्त थापेर बसनेत

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर