गठबन्धनमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई – Nepal Press

गठबन्धनमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई

काठमाडौं । चुनावी तालमेलका लागि सिट बाँडफाँटमा सहमति जुटाउन गठन भएको कार्यदलले प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्ण प्रसाद सिटौलालाई दिएको छ ।

आज बसेको कार्यदल बैठकले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको कार्यदलका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

२०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव उनले तयार गर्नेछन् ।

गठबन्धनमा रहेका दलहरुबीच आम निर्वाचनमा मिलेर जाने सहमति भएपछि सिट बाँडफाँट गर्न कार्यदल बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर