अघिल्लो समानुपातिक र पछिल्लो स्थानीय चुनावको मत गठबन्धनको सिट बाँडफाँटको आधार (भिडिओ) – Nepal Press

अघिल्लो समानुपातिक र पछिल्लो स्थानीय चुनावको मत गठबन्धनको सिट बाँडफाँटको आधार (भिडिओ)

कार्की भन्छन्– नेकपा एसलाई विशिष्ट रुपमा राखेर मापदण्ड बनाउँछौं

काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने भएका छन् ।

गठबन्धनले सिट बाँडफाँटका लागि गृहकार्य गर्न गठन गरेको कार्यदलको मंगलवारको बैठकपछि पत्रकारसँग कुरा गर्दै कार्यदल सदस्य समेत रहेका सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुवै चुनावको मतलाई आधार बनाइने बताए ।

तर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २०७४ मा नरहेकाले उसको हकमा विशिष्ट रुपमा राखेर मापदण्ड बनाइने कार्कीले बताए ।

वुधबार बस्ने कार्यदलको अर्को बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने भन्दै कार्कीले सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर