प्रदेश प्रमुख शर्माले गरे तीनवटा विधेयक प्रमाणीकरण – Nepal Press

प्रदेश प्रमुख शर्माले गरे तीनवटा विधेयक प्रमाणीकरण

हेटौंडा । वागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले तीनवटा विधेयकलाई प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाबाट पारित भएका तीनवटा विधेयकहरुलाई प्रदेश प्रमुख शर्माले आज प्रमाणीकरण गरेका हुन् ।

शर्माले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर