भुवन केसीविरुद्धको रिटमा अन्तरिम आदेश भएन, छलफलका लागि दुवै पक्षलाई बोलाइयो – Nepal Press

भुवन केसीविरुद्धको रिटमा अन्तरिम आदेश भएन, छलफलका लागि दुवै पक्षलाई बोलाइयो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति नियम संशोधन गरेर भएकोले नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशकमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने सन्दर्भमा दुवै पक्षलाई राखेर छलफल गर्नुपर्ने देखिएको भन्दै भदौ २ गते दुवै पक्षलाई बोलाएको छ ।

केसीको नियुक्ति अवैध रहेको भन्दै नरेश कुमार पौडेलले रिट दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *