राप्रपा बैठक- गठबन्धन गर्ने अधिकार लिङ्देनलाई, चुनाव परिचालन र घोषणापत्र समिति गठन – Nepal Press

राप्रपा बैठक- गठबन्धन गर्ने अधिकार लिङ्देनलाई, चुनाव परिचालन र घोषणापत्र समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न दलसँग गठबन्धन र तालमेलका लागि निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

मंगलवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तालमेलका लागि सबै दलसँगको छलफल खुला गरेको छ । बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

त्यस्तै घोषणापत्र तयारीका लागि प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.जयन्तनाथ खनाल र हेमराज कार्की सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर