राष्ट्र बैंकको टाउको दुखाई बन्दै क्रिप्टो कारोबार, चौथो पटक दियो यस्तो चेतावनी – Nepal Press

राष्ट्र बैंकको टाउको दुखाई बन्दै क्रिप्टो कारोबार, चौथो पटक दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डको कारोबार गैर कानूनी भएको भन्दै त्यस्तो कारोबार नगर्न /नगराउन चौथो पटक सूचना जारी गरेको छ ।

पछिल्लो समय नेपालमा क्रिप्टो कारोबार बढेको जानकारी आउन थालेपछि केन्द्रीय बैंकलाई यो नियन्त्रण गर्न टाउको दुखाईको विषय बनेको छ ।

सोमबार केन्द्रीय बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै भर्चुअल करेन्सी र क्रिप्टोले नेपालमा कानुनी मान्यता नपाएको, यसको जमानत नेपाल सरकार नभएको र कुनै पनि सुरक्षण नभएकोले जोखिममा नफस्न भनेको छ । यस्तो गरेको पाइए कारबाही गर्ने चेतावनी पनि बैंकले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर