‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत सार्वजनिक – Nepal Press

‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत सार्वजनिक

काठमाडौं ।  सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘जरुरी कुरा छ’ पछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो ।

यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा रमणीय दृश्य, पूजा र आकाशको केमेस्ट्री म्याच गर्छ ।

स्कटल्याण्डका केहि चुचुरोहरूलाई छायांकार सौरभ लामाले कैद गरेका छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

‘हराएँ हराएँ’ बोलको गीतले दर्शकको साथ पाउने अपेक्षा गर्न सकिन्छ । महेश दवाडीको लेखन रहेको सिनेमामा पूजा र आकाशका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरूको अभिनय छ ।

एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको सिनेमामा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुरजेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमालाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *