ब्याजदर घटाउने बैंकहरुको निर्णय – Nepal Press

ब्याजदर घटाउने बैंकहरुको निर्णय

काठमाडौं । बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् ।

सोमबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले संस्थागत निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल प्रेसलाई जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदरमा २ प्रतिशत फरक हुनुपर्ने व्यवस्था गरेको थियो ।

मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न बैंकहरु सहमत भएको उपाध्यायको भनाइ छ ।

अहिले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत छ । यो ब्याजदर यथावत् रहनेछ भने संस्थागत ब्याजदर ९.०३ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर