लेबनानका यी बैंक लुटेरा, किन बने प्रशंसाका पात्र ? (भिडिओ) – Nepal Press

लेबनानका यी बैंक लुटेरा, किन बने प्रशंसाका पात्र ? (भिडिओ)

काठमाडौं । सामान्यतया कुनै व्यक्तिले चोरी डकैती जस्ता अपराध गर्‍यो भने उसले कानून बमोजिम सजाय पाउँछ छ । त्यस्ता व्यक्तिहरू कानूनी सजाय मात्र नभई सामाजिक रूपमा पनि बहिस्कृत हुन्छन् ।

तर लेबनानमा भने यति बेला एउटा बैंक लुटेका बसाम अल सेख हुसेनले आम मानिसहरूबाट प्रशंसा बटुलिरहेका छन् । सामाजिक सञ्जालमा उनलाई ‘नेशनल हिरो’ को उपमानै दिइएको छ । हुसेनले बन्दुक सहित बैंकमा छिरेर बैंकबाट २ लाख १० हजार अमेरिकी डलर लुटेका थिए ।

शटगन सहित बैंक छिरेका हुसेनले पैसा नपाए आफैलाई आगो लगाउने धम्की दिएका थिए भने ६-७ राउण्ड हवाई फायर पनि गरेका थिए । हाल उनी प्रहरी नियन्त्रणमा रहेका छन् । यद्यपि उनले बैंक लुट्ने निर्णय लिनुको पछाडिको कारण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रशंसा ह्वात्तै चुलिएको छ ।

मिडिया रिपोर्टमा उल्लेख भएअनुसार आफ्नो पिताको उपचार शुल्क तिर्न उनले त्यो कदम उठाएका हुन् । उनले लुटेको धनराशि पनि उनको आफ्नै हो अर्थात् उनको एकाउन्टमा सो समयमा २ लाख १० हजार अमेरिकी डलर थियो । तर तरलता अभावको कारण बैंकले उनलाई आफ्नो सम्पूर्ण पैसा निकाल्न नदिएपछि उनले बैंक नै लुट्ने योजना बनाएका हुन् ।

आर्थिक संकटको सामना गरिरहेको लेबनानका जनताको हाल आफ्नै पैसामा पनि नियन्त्रण छैन । आफ्ना पिताको उपचारको लागि यस किसिमको जोखिमपूर्ण कदम उचालेको भन्दै उनी प्रशंसाको पात्र बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर