चुनावी स्वार्थका लागि ल्याइएको विधेयक फिर्ता हुनु स्वागतयोग्य हाे : ईश्वर पोखरेल (भिडिओ) – Nepal Press

चुनावी स्वार्थका लागि ल्याइएको विधेयक फिर्ता हुनु स्वागतयोग्य हाे : ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीले आज काठमाडौंमा आयोजना गरेको गोष्ठीमा पोखरेलले संघीय संसदले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन् ।

उनले केवल चुनावी स्वार्थका लागि विदेशीहरुसँगको साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याएको आरोप लगाए । यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको विधेयक एउटै भन्नु सरासर गलत भएको उनले बताए ।

संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधिनताको विपरीत रहेकाले मान्य नहुने पोखरेलले बताए । अब नागरिकता सम्बन्धी कानून निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थीरताको प्रमुख कारक बनेको जिकिर गरे । उनले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको विरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताए ।

उनले संगठनलाई बलियो बनाउदै पार्टीलाई समेत मजबुद बनाउने गरि काम गर्न अनेरास्ववियुलाई सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर