समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आयो : प्रचण्ड (भिडिओ) – Nepal Press

समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आयो : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परितर्वनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सवै प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।

प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सवैको निम्ती चासो र चिन्ताको विषय भएको जिकिर गरे । अहिले राजनीतिक स्थायीत्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस भन्ने सवैको चाहना रहेको उनको भनाई छ ।

प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरुलाई सदुपयोग गरेर २१ औं शताब्दीमा एकतासाथ साथ बिकासको गति लिन सक्नुपर्ने उल्लेख गरे । उनले अब एकपटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफू समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कला क्षेत्रमा समर्पित विभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर