नेपाल टेलिकमको नाफा ८ अर्ब बढी – Nepal Press

नेपाल टेलिकमको नाफा ८ अर्ब बढी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा १७.५४ प्रतिशतले बढी हो । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ अर्ब २७ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४३ करोड रुपैयाँ कायम पुगेको छ ।

टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष टेलिकमले सेवा व्यापारबाट ३५ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक बढाएर ३७ अर्ब ८८ करोड रुपैयाँ पुर्‍याएको छ ।

हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ३९ रुपैयाँ ६१ पैसाबाट बढेर ४६ रुपैयाँ ५६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ५ सय २८ रुपैयाँ १३ पैसा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर