देउवासँगको भेटबारे शेखर- कुरा मात्रै हाेइन इम्प्लिमेन्टेशन हुनुपर्‍यो – Nepal Press

देउवासँगको भेटबारे शेखर- कुरा मात्रै हाेइन इम्प्लिमेन्टेशन हुनुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राम्रो कुराकानी भएको बताएका छन् ।

उनले आज सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कुराकानी राम्रो भएको तर अब इम्प्लिमेन्टेशन हुन्छ/हुँदैन भन्ने विषय महत्वपूर्ण भएको बताएका छन् ।

सञ्चारकर्मीको सभापतिसँगको भेटघाटमा के भयो भन्ने जिज्ञासामा कोइरालाले भने, ‘हिजोको भेटघाटमा कुराकानी राम्रै भएको छ ।’

अब कसरी अगाडि बढ्ने बारेमा आगामी कार्यान्वयनका विषयलाई हेरेर निर्णय उनको भनाइ थियो ।

‘अब कसरी जान्छ भन्ने त्यो त हेर्दै जानुपर्छ । ठीकै छ हिजोको कुरा ठीकै जाँदैछ । अब त्यो त एक दिनको कुराकानीले हुने होइन नि त हामीसँग देखिनुपर्‍यो,’ कोइरालाले भने, ‘त्यसकारण त्यो कस्तो छ भने कुराकानी भएर मात्रै हुँदैन । कुराकानी राम्रो भएको छ । तर त्यसलाई इम्प्लिमेन्टेशन कसरी हुन्छ भन्ने हो ।’

त्यस्तै, टिकट वितरणमा पनि आशंका रैछ नि भन्ने प्रश्नमा कोइरालाले आशंका सबैलाई भएको बताए । उनले आफूहरुले त्यस विषयमा कुरा राखेको बताए ।

त्यस्तै, सभापति देउवाले संसदीय बोर्ड गठन गर्नैपर्ने कोइरालाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर