कार्यकर्तालाई देउवाको आह्वान- गठबन्धन छँदैछ भनेर नबसौं, जनताको मन जितौं (भिडिओ) – Nepal Press

कार्यकर्तालाई देउवाको आह्वान- गठबन्धन छँदैछ भनेर नबसौं, जनताको मन जितौं (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशको मालिक भएकाले जनताभन्दा ठूलो कोही नभएको बताएका छन् । उनले आगामी चुनावमा जनताको समर्थन जित्नका निम्ति अहिल्यैबाट लागि पर्न कार्यकर्तालाई सुझाव दिए ।

कांग्रेसले जनप्रतिनिधिका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले जनताको समर्थन प्राप्त भए आफ्नो पार्टी चुनावमा बलियो बन्ने बताए ।

‘सबै साथीहरूलाई जनतामा जान र जनताको विश्वास जित्नका लागि अनुरोध गर्न चाहन्छु ।’

गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको देउवाले उल्लेख गरे ।

‘गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भन्ने खालको पनि देखिएको छ,’ देउवाले भने, ‘यसरी ढुक्क भएर नबसौं । जनताको दिल जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ ।’

गत स्थानीय चुनावमा कांग्रेसलाई महत्वपूर्ण सफलता मिलेको भन्दै देउवाले खुसी व्यक्त गरे । अब आफ्नो ध्यान आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने भएको उनले बताए ।

‘७४ सालमा एक्लै चुनाव लड्नुपर्ने स्थिति थियो । तैपनि हामीले राम्रै मत ल्याउन सक्यौं । विपक्षी गठबन्धनबाट पनि प्रधानमन्त्री भयौं । अहिले सरकारमा छौं । अब पहिलो पार्टी बन्नुपर्छ,’ देउवाले भने ।


प्रतिक्रिया

One thought on “कार्यकर्तालाई देउवाको आह्वान- गठबन्धन छँदैछ भनेर नबसौं, जनताको मन जितौं (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर