देशभरका कांग्रेस जनप्रतिनिधि काठमाडौंमा, हेर्नुस् तस्बिरमा अभिमुखीकरण कार्यक्रम – Nepal Press

देशभरका कांग्रेस जनप्रतिनिधि काठमाडौंमा, हेर्नुस् तस्बिरमा अभिमुखीकरण कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसबाट जितेका स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम सुरू भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आव्हानमा गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख र जिसस प्रमुख-उपप्रमुखलाई आज र भोलि अभिमुखीकरण आयोजना गरिएको हो ।

ललितपुरको हेरिटेज गार्डेनमा जारी अभिमुखीकरणको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । उद्घाटन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरू सहभागी छन् ।

प्रशिक्षण स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही साथै आसन्न मंसिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर